सहयोगको मुखौटाभित्र: पेरिसमा नेपाली महिलाहरुको शोषण
सपनाको सहरमा ‘मानवताको कन्तबिजोग’ , मौलाउँदो कालो धन्धा र नैतिक स्खलन
सहयोगको मुखौटाभित्र: पेरिसमा नेपाली महिलाहरुको शोषण
सपनाको सहरमा ‘मानवताको कन्तबिजोग’ , मौलाउँदो कालो धन्धा र नैतिक स्खलन
युरोपको सपना आँखामा बोकेर विदेशिने नेपाली महिलाहरूका लागि पेरिस अहिले एउटा खतरनाक पासो बन्दै गएको छ। नेपालबाट सिजनल भिसामा युरोप छिर्ने वा अन्य मार्गबाट आउने महिलाहरूलाई ‘बस्ने व्यवस्था मिलाइदिने’ र ‘असाइलम प्रक्रियामा सहयोग गर्ने’ आश्वासन दिने एउटा सुसङ्गठित समूह सक्रिय रहेको छ।

यस समूहको मुख्य पात्रको रूपमा ३५–३६ वर्षीया ‘कल्पना’ (नाम परिवर्तन) र उनीसँगै यस जालमा २९–३० वर्षीया ‘उज्ज्वल’ (नाम परिवर्तन) नामका एक पुरुष पात्रको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। उज्ज्वलले विभिन्न महिलाहरूलाई प्रभावित पार्दै अस्ट्रिया र रोमानियालगायतका देशहरूमा रहेका महिलाहरूलाई पेरिस बोलाउने र कल्पनाको अपार्टमेन्टमा ल्याउने काम गर्ने गरेको छ।

पैसासम्म मात्र सीमित नभई, उज्ज्वलले ‘सहयोग’ को बहानामा महिलाहरूमाथि यौन शोषणको दोहोरो चक्रमा फसाउने गरेको र यस प्रकारका गतिविधिमा कल्पनाको अप्रत्यक्ष समर्थन तथा सहयोग रहने गरेको छ। ‘सहयोग’ को आवरणभित्र सञ्चालन हुने यो शोषणको चक्र लामो समयदेखि गुपचुप रूपमा चलिरहेको छ।
सहयोगको नाममा शोषकको रणनीतिक जाल — कसरी काम गर्छ यो समूह?
कल्पनाले पेरिसमा अपार्टमेन्ट भाडामा लिएर बसेकी छिन्। उज्ज्वलले ल्याएका युवतीहरूलाई कल्पनाले आफ्नै घरमा राख्छिन्। उनीहरूलाई सेयर रुममा राखेर ‘पारिवारिक’ वातावरणको नाटक गरिन्छ। उनको घरमा रहेका अधिकांश युवतीहरू नक्कली असाइलम प्रक्रियामार्फत बसेकाहरू मात्र रहेका छन्। नक्कली तथा झुटा कागजात तयार गरी असाइलम प्रक्रियामा सहयोग पुर्याउने नाममा सहयोगको आड लिइन्छ। साथै, असाइलमको नतिजा नआउन्जेल चिनेजानेकाहरूको अपार्टमेन्टमा सस्तो श्रममा काम गर्न लगाइन्छ।

पेरिसमा करिब ८–१० वटा सक्रिय नेपाली सामाजिक संस्थाहरू रहेका छन्। कल्पना त्यहीमध्ये एक संस्थाकी सदस्य हुन् भने उज्ज्वलका आफन्तहरू पनि अन्य विभिन्न सामाजिक संस्थाहरूसँग आबद्ध रहेका छन्। यही संस्थागत पहुँच र सामाजिक विश्वसनीयताको भरपुर दुरुपयोग कल्पना र उज्ज्वलले गरेका छन्। उक्त संस्थाहरूले आयोजना गर्ने लोकगीत तथा सांस्कृतिक कार्यक्रमहरूमा आयोजकको परिचयपत्र (कार्ड) प्रयोग गर्दै सक्रिय उपस्थिति देखाउने, पहुँच प्रदर्शन गर्ने तथा त्यसैलाई विश्वासको आधार बनाएर नयाँ आएका महिलाहरूलाई आफ्नो प्रभावमा पार्ने गर्दछन्।

कल्पनाले आफ्नो घरमा रहेका महिलाहरूलाई धर्मबहिनी जस्तै व्यवहार गरेको देखाउन सामाजिक सञ्जालमा मन्दिर जाने, पूजा गर्ने तथा चाडपर्व मनाउने तस्बिरहरू तथा स्टोरीहरू मात्र पोस्ट गर्दै ‘पारिवारिक वातावरण’ को आभास दिने र ‘दिदी-बहिनी’ जस्तो व्यवहार देखाउने गर्दछन्। यस समूहले बाहिरबाट ‘सभ्य र सामाजिक’ देखिने चतुर रणनीति अपनाएका छन्।

उज्ज्वल र उसका गतिविधिहरू, जस्तै हनी ट्र्यापिङ तथा महिलाहरूबाट पैसा असुल्ने जस्ता निन्दनीय कार्यहरूमा कल्पनाको अप्रत्यक्ष सहयोग रहेको देखिन्छ। उज्ज्वलले विभिन्न महिलाहरूलाई प्रयोग गरी हनी ट्र्यापमार्फत नेपालबाट पैसा असुल्ने र यौन शोषण गर्ने कार्यलाई कल्पनाको तर्फबाट समर्थन तथा उज्ज्वललाई संरक्षण दिने गरेको छ।
पैसा असुल्ने र हेरफेर गर्ने तरिका
महिलाहरूलाई नेपालबाट सामान तथा पैसा आफ्नै नाममा कुरियर गर्न लगाउने काममा पनि कल्पनाले सक्रिय भूमिका खेल्ने गर्छिन्। “बोयफ्रेन्डसँग पैसा मगाऊ, घरबाट पनि पैसा ल्याऊ, यहाँ सम्बन्ध राखेपनि हामी कसैलाई भन्दैनौँ, नेपालमा कसैले थाहा पाउँदैन, हामी छौँ नि” भन्दै कल्पनाले नै प्रोत्साहन गर्ने गर्छिन्। प्रत्येक पैसा तथा सामान आफ्नै नाममा मगाउन लगाउने गर्छिन्। अझ सामान मगाउँदा आफूलाई उपहार पनि मगाउने गर्छिन्।

पैसा आएपछि उनीहरूको समूहभित्र चहलपहल सुरु हुन्छ। हाउस पार्टी, पारिवारिक डिनर तथा घुमघामका कार्यक्रमहरू आयोजना हुने गर्छन्। उनीहरू सँगै हिउँ खेल्न जाने, पार्कहरूमा घुम्न जाने तथा विभिन्न स्थानमा सँगै समय बिताउने गरे पनि शंका हुन्छ भनेर महिला र पुरुष सदस्यहरूको सामूहिक तस्बिर भने सामाजिक सञ्जालमा सार्वजनिक गर्दैनन्।

महत्त्वपूर्ण कुरा के छ भने — उज्ज्वलसँगको सम्बन्धको कुनै पनि तस्बिर सामाजिक सञ्जालमा कहिल्यै पोस्ट हुँदैन। यो ‘अलगाव’ नै उनीहरूको आपराधिक सम्बन्ध लुकाउने उपाय हो। घरभित्र हाउस पार्टी र डिनरमा भने उज्ज्वल सधैँ सामेल हुन्छन् — र त्यही बेला उज्ज्वलको व्यभिचारी शोषणको क्रम जारी रहन्छ र कल्पनाको समर्थन पनि।

जब उनीहरूको कर्तुत कहीँकतैबाट नेपालमा थाहा हुन्छ।
महिलाहरूलाई उज्ज्वलसँग शारीरिक सम्बन्ध राख्न लगाइएको र उनीहरूको गतिविधिबारे वास्तविकता कुनै माध्यमबाट नेपालमा रहेका पति, प्रेमी वा अभिभावकलाई त्यहाँ भइरहेका कार्यकलापको थाहा हुन्छ र फोन आउँछ, उक्त समूहभित्र ती गतिविधि लुकाउन विभिन्न बहाना बनाएर सत्य लुकाउने प्रयास गर्छन्। तब यो समूहको नाटकीय प्रतिक्रिया सुरु हुन्छ र बहाना बनाएर उम्किन खोज्ने प्रवृत्ति देखिने गरेको छ। त्यसपछि पूरा टिम मिलेर सामाजिक सञ्जालमा उल्टो अर्थ जाने पोस्ट तथा रिपोस्टमार्फत र स्टोरी हाल्छन् र पीडितलाई नै आरोप लगाएर आफूहरू चोखिन खोज्छन्। “हामी एकअर्कालाई चिन्दैनौँ” भन्ने र वास्तविकता लुकाउने प्रयास तथा आफूलाई निर्दोष देखाउने प्रयास गरिन्छ। साथै, सम्पर्क गर्न खोज्ने व्यक्तिहरूको फोन नउठाउने वा नम्बर ब्लक गर्ने प्रवृत्ति छ। कल्पना उज्ज्वलको बचाउ गर्न हरसम्भव प्रयास गर्छिन्।

त्यस्तो अवस्थामा कल्पनाको जवाफ हुन्छ :
- “हामी महिला र परिवार मात्र बस्छौँ, बहिनी बनाएर राखेको हो, इज्जतमाथि शंका गर्ने?”
- “प्रमाण के छ तिमिहरूसँग? नेपालबाट कसरी थाहा हुन्छ र, अड्कलमा आरोप नलगाउनुस्।”
- “हामी त सेवा गर्न बसेका हौँ”, “उनी मेरी बहिनी हुन्”
- “कसको पृष्ठभूमि के हो थाहा हुँदैन”
- “नेपाल जस्तो हो र? विदेशमा हामीलाई काम गर्दा फुर्सद नै हुँदैन”
- “हामी उज्ज्वललाई चिनिन्न। मलाई थाहा छैन, को हो त्यो केटा चिन्दिनँ, हामीले त देखेको मात्र हो”
उज्ज्वलले त झन् नेपालमा पीडितलाई धम्की दिने, साथै “असाइलम गरेपछि अब हामी युरोपियन नागरिक सरह हौँ”, “रिफ्युजी कार्ड नै रातो पासपोर्ट जस्तै हो”, “फ्रान्समा हामीले सबैलाई चिन्छौँ, हाम्रो यहाँ पहुँच छ, नेपाल आउनुपरे पनि लुकेर आउने हो, कसैले थाहा पाउँदैन” जस्ता अभिव्यक्तिहरू समेत दिने गरेको छ।

सामाजिक संस्थाकी सदस्यको दोहोरो चरित्र — सम्बन्धमाथिको प्रहार — पारिवारिक विखण्डनको षड्यन्त्र र नैतिक स्खलन
नेपालको परिस्थिति अनुसार असाइलम गरिदिने भनेर नक्कली असाइलम गरिदिने नक्कली कागजात बनाइ पैसा खाने प्रचलन त धेरै देशमा छ। कतिपय संस्था चलाउनेहरू नै आफैले पनि नक्कली असाइलम गरेका र अरूलाई त्यही प्रक्रिया सिकाएर पैसा कमाउने धन्दा चलाएका हुन्छन्। नयाँ कागजातविहीन नेपालीहरूलाई काममा लगाएर कमिसन खाने चलन विभिन्न स्थानमा देखिने गरेको छ र यो विकृति धेरै ठाउँमा फैलिएको देखिन्छ।
तर पेरिसमा सबैभन्दा विनाशकारी पाटो भनेको यो हो: यस समूहले पीडित महिलालाई आफ्ना पति, प्रेमी र परिवारसँगको सम्बन्ध तोड्न बाध्य बनाउँछन् । “फ्रान्समा केटा मिलाइदिन्छौँ, नेपालको सम्बन्ध छोडिदेऊ। तिमी नेपाल फर्कन पर्दैन, हामी सबै कागज मिलाइदिन्छौँ।” भन्दै पारिवारिक विखण्डन गराइन्छ। नेपालमा रहेका पति वा प्रेमीको विश्वासमाथि आघात पुर्याउने यस षड्यन्त्रले एक नेपालीले अर्को नेपालीको घर-परिवार बिगार्नु अत्यन्त निन्दनीय कार्य हो।
विशेष गरी, सामाजिक संस्थामा आबद्ध एक महिला भएर अर्की महिलालाई यौन शोषणको चक्रमा धकेल्नु र उज्ज्वल जस्ता व्यभिचारी व्यक्तिलाई प्रत्यक्ष / अप्रत्यक्ष रूपमा सघाउनु — यो आधुनिकताको नाममा भइरहेको चरम अनैतिकता हो।

कल्पना पेरिसस्थित नेपाली सामुदायिक संस्थामा सक्रिय छिन्। त्यसभन्दा पनि महत्वपूर्ण कुरा, उनी स्वयं एक महिला हुन्। तर, उनको घरमा रहेका महिलाहरूको नेपालमा पारिवारिक वा प्रेम सम्बन्ध रहेको कुरा थाहा हुँदाहुँदै पनि उज्ज्वलको यौन चाहना पूरा गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र समर्थन गर्नु कति जायज हो? आफूलाई सामाजिक अभियन्ता भनेर प्रस्तुत गर्ने कल्पनाको नैतिकताको मापदण्ड यही हो त?
के विदेशमा रहेका नेपालीहरूमा पैसा कमाउने होडमा मानवता साँच्चिकै मरेको हो त? किन समाज मौन छ?
यस गिरोहको सबैभन्दा भयावह पक्ष भनेको संस्थागत आवरण हो। कल्पना पेरिसको नेपाली सामुदायिक संस्थामा सक्रिय छिन्। उज्ज्वलका आफन्तहरू पनि विभिन्न सामाजिक सञ्जालमा सक्रिय छन्। सांस्कृतिक कार्यक्रमका आयोजकको परिचय दिएर उनीहरूले नयाँ आएका महिलाहरूलाई सहजै विश्वास दिलाउँछन्।
‘सामाजिक संस्था’को खोल ओढेका यी अपराधीहरूले मन्दिर जाने र चाडपर्व मनाउने तस्बिर पोस्ट गरेर आफ्नो कुकर्ममाथि पर्दा हाल्छन्। अनि संस्थाका व्यक्तिहरूलाई सम्पर्क गर्न खोज्दा, उनीहरूलाई सम्पर्क गराइदिनुहोस् भनेर सहयोग माग्दा पनि उनीहरू मौन बसिदिन्छन्। समाजले मौन बसिदिँदा यी शोषकहरूको साहस झन् बढ्दै गएको छ।
प्रश्न उठ्छ — पैसा कमाउने चक्करमा मान्छे यतिसम्म गिर्न सक्छ? जब आफ्नै समुदायका व्यक्तिहरू ‘दलाल’ बनेर अर्काको विवशतामाथि रजाइँ गर्छन् र आफ्नो फाइदाका लागि अरूको जीवन बर्बाद गर्छन्, तब मानवीय संवेदनाभन्दा माथि ‘पैसा’ र ‘स्वार्थ’ हाबी भएको स्पष्ट हुन्छ।

निष्कर्ष
कल्पना, उज्ज्वल लगायत उनीहरूलाई प्रोत्साहन गर्ने, उनीहरूको परिवार तथा सम्बन्धित सबैलाई नैतिक कारबाही, सामूहिक बहिष्कार र नक्कली असाइलमका मुद्दाहरूको छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएमा मात्र विदेशमा स्वस्थ नेपाली समाजको निर्माण हुन सक्छ।
विदेशमा रहेका नेपालीहरूले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने — धन कमाएर फेरि जुटाउन सकिन्छ, तर गुमेको सम्बन्ध, चरित्र, विश्वास र आत्मसम्मान सजिलै फिर्ता आउँदैन।
‘सहयोग’ को मुखौटा लगाएर शोषण गर्ने यस्ता गिरोहलाई रोक्न अब हरेक सचेत नेपालीले आवाज उठाउनु आवश्यक छ। मौनता नै यी शोषकहरूको सबैभन्दा ठूलो हतियार हो — र आवाज नै हाम्रो सबैभन्दा ठूलो सुरक्षा। स्वार्थ, प्रलोभन र शोषणको यो घिनलाग्दो चक्रलाई रोक्न अब हरेक सचेत नेपालीले आवाज उठाउनु आवश्यक छ। मानवता, नैतिकता र पारिवारिक मूल्यको संरक्षण गर्नु नै विदेशमा रहेका नेपाली समुदायको साझा जिम्मेवारी हो।









[embed]
메타데이터
- post_id
- 4e8919b1a4a8
- slug
- behind-the-mask-of-assistance-exploitation-of-nepali-women-in-paris-4e8919b1a4a8
- url
- https://medium.com/@fakeasylumcomplain/behind-the-mask-of-assistance-exploitation-of-nepali-women-in-paris-4e8919b1a4a8
- canonical_url
- https://medium.com/@fakeasylumcomplain/behind-the-mask-of-assistance-exploitation-of-nepali-women-in-paris-4e8919b1a4a8
- author_url
- https://medium.com/@fakeasylumcomplain
- status
- ok
- fetched_at
- 2026-07-13 06:23:13