अधिनायकवादको डिजिटल ढाल
आजको राजनीतिक सञ्चार (Political Communication) मा पैदा भएको एउटा डरलाग्दो संकट हो, shitposting as a shield for authoritarianism. देशका…
अधिनायकवादको डिजिटल ढाल
आजको राजनीतिक सञ्चार (Political Communication) मा पैदा भएको एउटा डरलाग्दो संकट हो, shitposting as a shield for authoritarianism. देशका कार्यकारी प्रमुख र शक्तिशाली नेताहरू सामाजिक सञ्जालमा यस्ता content पोस्ट गर्छन्, जसको न त कुनै कूटनीतिक मूल्य हुन्छ, न त नीतिगत गम्भीरता। तर अचम्म के छ भने, तिनै पोस्टहरूमा हजारौँ 'लाइक' ओइरिन्छन् र समर्थकहरू मख्ख पर्छन्। डिजिटल युगको यो राजनीतिक व्यवहार बुझ्न हामीले सबैभन्दा पहिले इन्टरनेट संस्कृतिका विभिन्न आयाम र तिनको आन्तरिक बनावटलाई बुझ्न जरुरी छ।
हामीले असामाजिक सन्जाल ( सिके लालको भाषामा ) मा दिनहुँ consume गर्ने डिजिटल सामग्रीको सामान्य वर्गीकरण मिम (meme), ट्रोल (troll) र शिटपोस्ट (shitpost) गरि यी तीन विधामा गर्न सकिएला।
असामाजिक सञ्जालमा देखिने हरेक ठट्टा वा अनौठो पोस्ट एउटै विधाका होइनन्। यिनीहरूका आफ्नै चरित्र र उद्देश्य हुन्छन्। मिम (meme)को एउटा निश्चित ढाँचा (Template) हुन्छ। यो एउटा विचार, तस्बिर वा भिडियो हो जसको basic template एउटै रहन्छ र content चाहिँ परिमार्जित भएर एक व्यक्तिबाट अर्को व्यक्तिमा तिब्र गतिमा फैलिन्छ। मिमको उद्देश्य साझा सामाजिक बुझाइ वा सामूहिक हाँसो पैदा गर्नु हो।
ट्रोलिङ(Trolling)को पछाडि स्पष्ट रूपमा दुराशय (Malice) वा नियतवश कसैलाई उक्साउने, रिस उठाउने वा अपमानित गर्ने उद्देश्य लुकेको हुन्छ। यो कुनै व्यक्ति वा समूहलाई लक्षित गरेर गरिन्छ। यसबारे थप जानकारी प्रमका सल्लाहकार कुमार बेनसंग लिन सकिन्छ जो कुनै ट्रोल पेजका एड्मिन पनि 'थिए'।
शिटपोस्टिङ (Shitposting)को भने न त कुनै निश्चित ढाँचा हुन्छ, न त यो मिम जस्तो फैलिनकै लागि बनाइएको हुन्छ। शिटपोस्टिङको मूल चरित्र नै भद्दा, कम गुणस्तरको (Low-quality) र Absurd हुनु हो। शिटपोस्टिङ सधैँ खराब नियतले नै गरिन्छ भन्ने छैन, तर आजको political climate मा यसको मुख्य काम भइरहेको गम्भीर बहसलाई पूर्ण रूपमा मोड्नु वा विषयान्तर गर्नु (Derailing conversations) हो भन्दा अत्युक्ति नहोला।
जब देशको शासनसत्ता चलाउनेहरू नै यो 'शिटपोस्टिङ' विधाका मुख्य खेलाडी बन्छन्, तब सिङ्गो मुलुकको विमर्श नै विषयान्तरको पासोमा पर्छ। मिम, ट्रोलिङ र शिटपोस्टिङमा fluent, सहरी क्षेत्रमा बसोबास गर्ने नयाँ जेनेरेशन जो pop-culture बारे पनि जानकार छ-- इन्टरनेट संस्कृतिसँग खासै सरोकार नराख्ने आम नागरिकसंग उसको ठूलो खाडल छ। अनलाइन access हुने/नहुने आम जनताको आवश्यकताबीच सन्तुलन मिलाउनु राज्यको कार्य हुनुपर्थ्यो तर पपुलिस्ट नेताहरूले यही खाडलको फाइदा उठाइरहेका छन्।
जेन्-जी आन्दोलन अगाडिको राजनीतिक परिवेश, आन्दोलनको दौरानको परिवेश र यसको aftermath मात्रलाई निकै सतही ढंगले हेर्ने हो भने पनि हामीलाई थाहा हुन्छ कि पपुलिस्ट आन्दोलनहरूले स्थापित संस्थाहरूप्रति अविश्वास पैदा गर्न सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउँछन्। उनीहरू परम्परागत मिडिया र कानुनी च्यानलहरूलाई बाइपास गरेर सीधै जनतासँग जोडिएको अभिनय गर्छन्।
वर्तमान समयको विश्व राजनीतिमा डोनाल्ड ट्रम्प सायद यसका सबैभन्दा ठुला उदाहरण हुन्। उनले विरोधीहरूलाई शिटपोस्टिङमार्फत 'सडक-छाप' उपनाम (punch-down humor) दिन र संवेदनशील मुद्दाहरूबाट ध्यान भड्काउन आफ्नो ट्वीटरको 'पूर्ण उपयोग' गर्छन्। जब ट्रम्पको भाषाको स्तर खस्किएको भन्दै आलोचना हुन थाल्यो, उनका समर्थकहरू उल्टै रमाउँथे। ट्रम्पको गैर-जिम्मेवारी उनको 'अर्गानिक' हुनुको सबुत बन्यो। उनै ट्रम्पको एउटा प्रसिद्ध रणनीति थियो — Pissing off the liberals। नीतिगत बहस गर्न नसकेपछि विरोधीलाई जिस्क्याएर आफ्ना समर्थकलाई उचाल्ने उनको यो शैली अहिले नेपालका शासकहरूले पनि दुरुस्तै कपी गरेका छन्। अर्थमन्त्रीले गरिबमारा बजेट हुँदा नितीगत बहसको साटो उनै ट्रम्पको शैलि सापटी लिएर भने — This budget was meant to piss off the leftists.
अल्गोरिदमको सेवामा हरदम तत्पर सिंहदरबारले पनि शिटपोस्ट विधामा expertise प्राप्त गरिसकेको छ। नेपालका शासकहरूले बुझिसकेका छन् कि आजको युवा पुस्तामा चरम निराशा छ, र यो निराशालाई कुनै ठोस नीतिले भन्दा पनि फेसबुकमा कसैलाई 'रोस्ट' (Roast) गरेर सजिलै डिजिटल सेन्टिमेन्टमा बदल्न सकिन्छ। प्रमका शनिवारीय (उकेरा) शिटपोस्टले यो प्रवृत्तिको विद्रूप रूप छताछुल्ल पार्दै आएकै छन्।
यही शिटपोस्टिङ र 'डिजिटल हिरोइजम' (Digital Heroism) को कुरुपता हिजोको शनिबार पनि हामीले भोग्यौं। एक सचिवले राजदूत बन्नका लागि प्रधानमन्त्रीसँग व्यक्तिगत म्यासेज मार्फत 'फेभर' मागेका रहेछन्। निजामती सेवाभित्र यसरी पदका लागि बार्गेनिङ गर्नु आफैँमा प्रशासनिक अनुशासनहीनता हो र राज्यसँग यस स्थितिसँग डिल गर्ने हजारौँ प्रशासनिक र विभागिय तरिकाहरू थिए/हुनै पर्थ्यो। जहाँ प्रशासनिक रुपमा खबरदारी वा विभागीय कारबाही गर्न सकिन्थ्यो।

जुन ७ शनिबार मा प्रमले व्यक्तिगत फेसबुक अकाउन्टमा पोस्ट गरेको शिटपोस्ट
तर, प्रधानमन्त्रीलाई 'प्रशासनिक प्रक्रिया' मा होइन, सामाजिक सञ्जालमा 'सिङ्घम' देखिनु थियो। उनले आफ्नो शक्तिको चरम दुरुपयोग गर्दै नेपाल प्रहरीलाई 'मध्यरात'मा परिचालन गरे। प्रहरीले ती सचिवलाई राती नै उठाएर लग्यो र (reportedly)करिब ९ घण्टासम्म चौकीमै राख्यो। र, यो प्रक्रियागत उपहास गरिसकेपछि प्रधानमन्त्रीको व्यक्तिगत अकाउन्टमा हिजो एउटा 'विजयी' शिटपोस्ट आयो, जसको कमेन्ट सेक्सन झनै लाजमर्दो थियो किनभने शनिबार 'नलाग्ने' रन्जु दर्शना देखि सस्मितहरू पनि त्यो सर्कस entertain गर्न पुगेका थिए। यससँगै थिए प्रमका व्यक्तिगत गोरखापत्रे ना(ला)यक भिक्टर र रबि लामिछानेको अघोसित fanpage संचालक— ज्वाला संग्रौला, which was honestly expected.

सोही पोस्टको कमेन्ट सेक्सन
यो कानुनी राज्यको उपहास हो भनेर भनिरहनु नपर्ला।
शक्तिलाई प्रश्न गर्न ह्युमरको प्रयोग सन्दर्भमा एउटा कन्सेप्ट छ — Punching Up/ Punching Down. त्यो 'पन्चिङ अप' (Punching Up) भनेको कमजोरले शक्तिशालीमाथि व्यङ्ग्य गर्नु हो। तर आजको पपुलिस्ट शिटपोस्टिङ 'पन्चिङ डाउन' (Punching Down) हो, जहाँ राज्यको सबैभन्दा शक्तिशाली कुर्सीमा बसेको व्यक्तिले देशका कमजोर संस्थाहरू, कानुन र प्रश्न गर्ने सामान्य नागरिकलाई गिज्याइरहेको हुन्छ।
हाम्रा नेताहरूले गर्ने यो objectively unfunny, below-average, grammatically incorrect शिटपोस्ट उनीहरूको बौद्धिक कमजोरी होइन, यो नयाँ बजेटको करको दर leak भएर हजारौँ गाडीहरू अवैध रूपमा छिर्दा अर्थमन्त्रीले सफाई पाएर भन्सारलाई बलिको बोको बनाइएको, सचिव प्रकरणमा शक्तिको दुरुपयोग भएको, बन्दी बनाएर राखिएका नागरिक होल्डिङ सेन्टरमा मर्न थालेका गम्भीर यथार्थबाट हामीलाई एजेन्डाविहीन बनाएर अल्मल्याइराख्ने उनीहरूको सबैभन्दा सचेत राजनीतिक रणनीति हो।
메타데이터
- post_id
- c26db6eb5b07
- slug
- अधिनायकवादको-डिजिटल-ढाल-c26db6eb5b07
- url
- https://medium.com/@itikriti07/%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%AF%E0%A4%95%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A4%95%E0%A5%8B-%E0%A4%A1%E0%A4%BF%E0%A4%9C%E0%A4%BF%E0%A4%9F%E0%A4%B2-%E0%A4%A2%E0%A4%BE%E0%A4%B2-c26db6eb5b07
- canonical_url
- https://medium.com/@itikriti07/%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%AF%E0%A4%95%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A4%95%E0%A5%8B-%E0%A4%A1%E0%A4%BF%E0%A4%9C%E0%A4%BF%E0%A4%9F%E0%A4%B2-%E0%A4%A2%E0%A4%BE%E0%A4%B2-c26db6eb5b07
- author_url
- https://medium.com/@itikriti07
- status
- ok
- fetched_at
- 2026-06-09 15:37:30