← Back to list

नेपालबाट फ्रान्ससम्म : असाइलम ठगी, हनी ट्र्याप र यौन शोषणको अन्धकार जाल

एउटा पुस्ताको परिश्रमबाट अर्को पुस्ताको अपराधसम्मको यात्रा

Leon Nepali · 2026-06-13 15:55 · 0 claps · 9.1 min read
#fraud-detection #fraud #nepali #paris #europe
Open on Medium ↗

नेपालबाट फ्रान्ससम्म : असाइलम ठगी, हनी ट्र्याप र यौन शोषणको अन्धकार जाल

एउटा पुस्ताको परिश्रमबाट अर्को पुस्ताको अपराधसम्मको यात्रा

पहिलो पुस्ताको युरोप प्रवेश

सन् २००० को दशकमा नेपालको एउटा दलित परिवारका कालिगढ हरिप्रसाद (नाम परिवर्तन गरिएको) युरोप प्रवेश गरे। केही समय युरोपमा काम गरेपछि उनले असाइलम (शरण) प्रक्रियाको बारेमा गहिरो जानकारी हासिल गरे। नेपाल फर्किएपछि उनले बुझे कि नेपालमा जातीय भेदभावको आधारमा असाइलम आवेदन स्वीकृत हुन सक्छ। यो कमजोरीलाई उनले अवसरका रूपमा उपयोग गरे।

D

D

हरिप्रसाद फेरि फ्रान्स गए। यस पटक उनले नेपालमै तयार पारिएका फर्जी कागजातहरू साथ लिए — जातीय उत्पीडन र भेदभावको झूटो आधारमा तयार पारिएको असाइलम आवेदन। उनको आवेदन स्वीकृत भयो। यद्यपि नेपालका दुर्गम क्षेत्रहरूमा केही जातीय भेदभावका घटनाहरू थिए, तर शहरी क्षेत्रमा अवस्था त्यति गम्भीर नभएता पनि उनले झूटो कागजातको माध्यमबाट यसको दुरुपयोग गरे।

कालिगढ सीपमा उनी दक्ष थिए र फ्रान्समा यो सीपको राम्रो माग र मूल्य थियो। नेपालमा श्रमको सम्मान भए पनि अपेक्षित आम्दानी नहुने अवस्थामा फ्रान्स उनका लागि आर्थिक मुक्तिको द्वार बन्यो।

‘सहयोग संस्था’ को आडमा असाइलम कारखाना

फ्रान्समा स्थापित भएपछि हरिप्रसादले अन्य नेपालीहरूसँग मिलेर ‘नेपालीहरूको सहयोगका लागि’ भन्ने नाममा एउटा संस्था खोले। बाहिरबाट हेर्दा यो संस्था सांस्कृतिक कार्यक्रम गर्ने र नेपालीहरूको हक रक्षा गर्ने संस्था जस्तो देखिन्थ्यो। भित्र भने नक्कली जातीय उत्पीडन, महिला उत्पीडन, तिब्बती नक्कली शरणार्थी, राजनीतिक पीडित जस्ता विभिन्न आवेदक बनाएर फर्जी कागजात बनाइदिने र त्यसै झुटो कुराको आधारमा असाइलम आवेदन दिन लगाउने, इन्टरभ्यूको लागि कथा तयार पारिदिने र पैसाको लेनदेन गर्ने काम भयो। भित्रबाट संस्था असाइलमका लागि नक्कली/फर्जी कागजात तयार गर्ने, वकिलसँग समन्वय गर्ने, जातीय उत्पीडनको फर्जी आधारमा आवेदन दिलाउने र पैसा लिने एउटा अनौपचारिक ‘असाइलम कारखाना’ बन्यो।

पारिवारिक श्रृङ्खला : एक पछि अर्को

असाइलम स्वीकृत भएपछि हरिप्रसादले आफ्नो भाइ रामप्रसाद (नाम परिवर्तन) लाई पनि त्यही विधिले फ्रान्स बोलाए र असाइलम गर्न लगाए। यस प्रक्रियामा नाम परिवर्तन गरिन्थ्यो र वास्तविक पहिचान लुकाइन्थ्यो। यसरी क्रमशः दुवैका छोराहरूलाई बोलाउने काम भयो — दुई जना फ्रान्स छिर्न सफल भए, तर दुई जनाको आवेदन अस्वीकृत भयो र उनीहरू अन्य माध्यम खोज्नतर्फ लागे।

पारिवारिक पुनर्मिलन (Family Reunification) मार्फत श्रीमती र बालबालिकाहरू ल्याउने प्रयास गरिए पनि, नाम परिवर्तन भएकाले नाता प्रमाणितमा जटिलताहरू उत्पन्न हुने गर्थे। एउटै घरका अपरिवार परिवार भए पनि फरक–फरक नाम र थर राख्ने प्रचलन थियो — ताकि आप्रवास विभागले पत्ता नलगाओस्। किनभने एउटै घरका सबैले उही तरिकाले आवेदन गरेको थाहा भयो भने असाइलम अस्वीकार हुन सक्छ ।

तेस्रो पुस्ता — उज्वल र लक्ष्मीमायाको अपराधको जन्म

हरिप्रसादका नाति उज्ज्वल (नाम परिवर्तन) — यो कथाको मुख्य सूत्रधार र अपराधी गिरोहको ‘मास्टरमाइन्ड उज्ज्वलले फ्रान्स जानुअघि नेपालमा एउटा म्युजिक ब्यान्डमा सक्रिय थिए। तर देखावटी सांगीतिक जीवनको पछाडि उनले नेपालमा नै महिलाहरूलाई आफ्नो वशमा पारेर उनीहरूको पैसामा ऐश गर्ने धन्दा सुरु गरिसकेका थिए।

साना–साना ठगीभन्दा एकैपटक ठूलो रकम उठाउने सोच उनमा विकसित भयो। त्यसैले उनले आफ्नी प्रेमिका कृष्णमाया (नाम परिवर्तन) सँग मिलेर योजनाबद्ध हनी ट्र्याप अपराध सुरु गरे।

नेपालमा कृष्णमायाको जाल

कृष्णमायाले नेपालमा एकै समयमा एक जना तिब्बती मूलको पुरुषसँग सम्बन्ध राखिन्। मूलतः त्यस्ता तिब्बती व्यक्तिहरू जो नेपालमा आएर बसेका हुन्छन् र उनीहरू व्यापार गरेर सम्पत्ति कमाएका हुन्छन्। त्यसैले उनीहरू दुई जना मिलेर उक्त व्यक्तिको ब्याकग्राउन्ड चेक गरेर उसलाई फसाउने जाल बुने। प्रेमीको राय सल्लाहमा कृष्णमायाले माया–प्रेमको नाटक गरेर तिब्बती मूलको पुरुषसँग बिहे गरिन्। त्यसपछि बिहे भएपछि विभिन्न बहाना बनाएर झगडा गरेर सम्बन्ध विच्छेद गरिन् र पैसा उठाइयो।

यो अभियान सफल भएपछि उज्ज्वल र कृष्णमायालाई ठूलो रकम हात लाग्यो। त्यसपछि उनीहरूको काम झन् व्यावसायिक बन्यो। अन्य धनी व्यक्तिहरू र समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई पनि माया–मोहमा पारेर पैसा उठाउने र विलासी जीवन जिउने क्रम जारी रह्यो।

सन् २०२४ मा उज्ज्वल वर्किङ भिसामा कोर्सिया हुँदै आफ्नो भाइसँग मिलेर ‘डङ्की रूट’ प्रयोग गरेर फ्रान्स छिरे। यता नेपालमा कृष्णमाया अन्य सम्पन्न व्यक्तिहरूलाई फसाउने क्रम जारी राखिन्।

सन् २०२५ : कृष्णमाया पनि अस्ट्रिया हुँदै पेरिस

सन् २०२५ मा कृष्णमायाको सिजनल भिसा अस्ट्रियाका लागि स्वीकृत भयो। भिसा आएपछि नेपालमा पछिल्लो समय प्रेमको नाटक गरेर फसाएका पुरुषबाट बिहेको कागजात बनाउन नसकिए पनि जतिसक्दो पैसा उठाएर उनी नेपालबाट अस्ट्रियाहुँदै पेरिस पुगिन् र उज्ज्वलसँग बस्न थालिन्।

तर नेपालमा पैसा उठाउने ‘स्रोत’ उनले पेरिस पुगेपछि पनि प्रेमको नाटक गर्दै पैसा र सामान मगाउने काम जारी राखिन ।

पेरिसमा ‘डबल लाइफ’ — हनी ट्र्यापको योजनाबद्ध सञ्जाल

पेरिस पुगेपछि उज्ज्वलले हजुरबुबाले स्थापना गरेको संस्थाको नाम र पहुँचको दुरुपयोग गर्दै आफूलाई ‘प्रभावशाली व्यक्ति’को रूपमा प्रस्तुत गर्न थाले। उनले आफन्तहरूसँग नबसेर छुट्टै कोठा लिएर बसे — ताकि युवतीहरूलाई आफ्नो कोठामा बोलाउन सजिलो होस्। उनले संस्थाको नाम र पहुँच प्रयोग गरी नयाँ नेपालीहरूलाई जागिर लगाइदिने, असाइलम मिलाइदिने, नक्कली कागजात बनाइदिने — र त्यसको बदलामा आर्थिक तथा यौन सेवाको प्रस्ताव गर्थे। सिजनल काममा अन्य युरोपेली देश गएका महिलाहरूलाई पेरिस बोलाएर आर्थिक तथा यौन शोषण गर्थे। अस्वीकार गरेमा उनी धम्की दिन्थे : ‘मेरो निकै पहुच छ येहा , मैले भनेको नमाने फ्रान्सबाट डिपोर्ट गरिदिन सक्छु ।’

ठगि कामको पार्ट्नर साथीहरू : कल्पना र तनुष्का

पेरिसमा उज्ज्वलले कल्पना (नाम परिवर्तन) र तनुष्का (नाम परिवर्तन) नामका महिलाहरूसँग मिलेर नक्कली असाइलम दिलाइदिने बहाना गर्दै धन्दा चलाउन थाले। त्यसको बदलामा नेपाली महिलाहरूले मोटो रकमसहित उज्ज्वलको यौन इच्छा पूर्ति गर्नुपर्थ्यो।

कल्पनाको भूमिका :

कल्पनाले नयाँ आएका नेपाली महिलाहरूलाई लगेर राख्थिन्। अनि असाइलम प्रक्रियाको तरिका पढाउने/सिकाउने लगायत पार्लरहरूमा सस्तोमा काम लगाइदिएर कमिसनको सौदामा मध्यस्थकर्ताको काम गर्थिन्। उनले महिलाहरूलाई म्यानुपुलेट गरेर उज्ज्वलको व्यभिचारीपनामा अप्रत्यक्ष सहयोग पुर्याउँथिन्। नेपालबाट कुनै सोधखोज आएमा ‘हामी त नेपालीहरूलाई मद्दत गर्न बसेका हौँ’ भनेर बचाउ गर्थिन्।

सिजनल भिसामा गएकाहरूलाई जाल :

कृष्णमाया र तनुष्काले सिजनल भिसामा अन्य युरोपेली देश गएकाहरूलाई आफ्नो सम्बन्ध लगायत टिकटकको माध्यमबाट पेरिस बोलाउने काम गर्थे। पेरिस आउनेबित्तिकै कागजात नभएकाले तिनीहरूलाई ‘अवैध’ बनाइदिन्थ्यो जसले गर्दा यस्तो अवस्थामा शोषण गर्न सहज हुन्थ्यो।

‘प्रेमी–प्रेमिका’ मिलेर गर्ने संगठित अपराध : उनीहरूको काम गर्ने तरिका :

उज्ज्वल र कृष्णमाया ‘पार्टनर इन क्राइम’ मोडेलमा काम गर्थे — तर समुदायमा धेरैलाई यसबारे थाहा थिएन र थाहा भएकाहरू पनि संस्थाकै मान्छेको आफन्त भएकाले खासै बोल्न चाहँदैनथे। तनुष्का र कल्पनाले साथ दिन्थे र संकटको समयमा बचाउ पनि गर्थे। कतैबाट कुनै सवाल उठे भने सबै मिलेर कुरा लुकाउने गर्थे।

कृष्णमाया र उज्ज्वलले सामाजिक सञ्जालमा जोडीको कुनै फोटो हाल्दैनथे। जसले गर्दा उनीहरूको प्रेम सम्बन्ध बाहिर नदेखियोस् र सिंगल जस्तो देखाएर नयाँ शिकार खोज्न सजिलो हुन्थ्यो। उज्ज्वलले आफ्नो प्रेमिकालाई पेरिसका धनी साथी वा व्यापारी जो पेरिसमा सफल भएका छन् उनीहरूको ब्याकग्राउन्ड उपलब्ध गराउँथे।

कृष्णमायाले विभिन्न कार्यक्रमहरूमा अन्य युवतीहरूलाई साथमा लिएर जाने गर्थिन्। सामाजिक सञ्जालमा फोटो तथा भिडिओ पोस्ट गर्दा पनि प्रायः अन्य युवतीहरू समावेश भएका सामग्रीहरू नै राख्थिन्, ताकि आफूलाई सामाजिक रूपमा विश्वसनीय र प्रभावशाली देखाउन सकियोस् तथा पैसा भएका व्यक्तिहरूमाथि प्रभाव पार्न सकियोस्।

ती युवतीहरूमध्ये धेरैलाई उनीहरूको वास्तविक गतिविधि र उद्देश्यबारे जानकारी नै थिएन। कृष्णमायाले आफूलाई पनि ती युवतीहरूजस्तै राम्रो आचरण र चरित्र भएकी व्यक्तिका रूपमा प्रस्तुत गर्दै अरूलाई झुक्याउने प्रयास गर्थिन्। यसका लागि उनी विभिन्न अवसरमा युवतीहरूलाई आफ्नो छवि निर्माणको साधनका रूपमा प्रयोग गर्ने गर्थिन्।

त्यसैगरी, ठगीबाट प्राप्त रकमको बलमा आफूलाई अत्यन्त सम्पन्न, सफल र विलासी जीवनशैली बिताउने व्यक्तिका रूपमा देखाउने प्रयास पनि निरन्तर हुने गर्थ्यो।

अनि कृष्णमायाले उक्त पुरुषलाई कुनै कार्यक्रम वा अन्य कुनै बहानामा भेटेर नजिकिने र अन्ततः शारीरिक सम्बन्धसम्म पुर्‍याई आफ्नो जालमा फसाउने गर्थिन्। त्यसपछि ठगीबाट प्राप्त रकम ब्रान्डेड किनमेल, पार्टी तथा महँगा रेस्टुरेन्टहरूमा खर्च गरिन्थ्यो। यी सबै खर्च अन्ततः शिकार बनेका व्यक्तिहरूको पैसाबाट नै चलिरहेका हुन्थे।

त्यही पैसाको भरमा उज्ज्वलको दैनिक जीवन पनि रमाइलो र विलासितापूर्ण देखिन्थ्यो। साथीभाइसँग घुमघाम गर्ने, मदिरापान गर्ने तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुने क्रम नियमितजस्तै थियो।

उज्ज्वलले प्रायः सामाजिक सञ्जाल, विशेषगरी मेसेन्जरमार्फत मात्र सम्पर्क गर्ने गर्थ्यो। विभिन्न युवतीहरूलाई नजिकिने र प्रभावमा पार्ने प्रयासमा ऊ निरन्तर सक्रिय रहन्थ्यो। उसका सामाजिक सञ्जालमा धेरै खाता (अकाउन्ट) रहेका थिए, र फरक–फरक खाता प्रयोग गरेर फरक–फरक युवतीहरूलाई सम्पर्क गर्ने तथा सम्बन्ध विस्तार गर्ने प्रयास गर्ने गर्थ्यो।

कानुनको छिद्र र उज्ज्वलको सुरक्षा

युरोपेली देशहरूमा असाइलमको आवेदन दिनुले नेपालमा भएका साना आर्थिक ठगी वा ब्ल्याकमेलका मुद्दामा अन्तर्राष्ट्रिय कानुनी पहुँच अत्यन्त सीमित बनाउँछ। उज्ज्वललाई सबै कानुन थाहा थियो — त्यसैले उनीहरू अहिलेसम्म सुरक्षित बसिरहेका छन्। नेपालमा ठगिएका धेरै व्यक्तिहरू उनीहरूसम्म प्रत्यक्ष रूपमा पुग्न वा सम्पर्क स्थापित गर्न नसक्ने अवस्थामा थिए। अर्कोतर्फ, पेरिसमा ठगिएका व्यक्तिहरूमध्ये धेरैजना आफैं कागजविहीन (अनियमित हैसियतमा) भएकाले कानुनी उजुरी गर्न वा सम्बन्धित निकायसमक्ष जाने हिम्मत गर्न सक्दैनथे।

उल्टै उनले नेपालमा पैसा खाएका पीडितहरूलाई ‘के गर्न सक्छस्?’ भनेर धम्की दिने गर्थे। कतैबाट कसैले फोन गरेर सम्पर्क गर्न खोज्यो भने ब्लक हान्ने, सम्पर्कमा आउन नचाहने वा अनेक बहाना बनाउने गर्छ यो समूहले। अनि उल्टै पीडितलाई नै दोषी देखाएर आफू बच्न खोज्छ। साथै, सामाजिक सञ्जालमार्फत सबै टिम मिलेर सम्पूर्ण दोष पीडितमाथि थोपरेर आफूलाई निर्दोष देखाउने प्रयास गरिन्थ्यो।

नेपालबाट पीडितका आफन्त, साथीभाइले फ्रान्स (पेरिस) का सामाजिक संस्थाहरूमा सहयोग माग्दा समेत, ती संस्था सञ्चालन गर्ने व्यक्तिहरूका आफन्त नै संलग्न भएका कारण यिनीहरूलाई न कुनै सामाजिक संस्थाले आफ्नो पहुँचको आधारमा नैतिकताको दायरामा ल्याउन सक्यो, न त कानुनले नै छुन सक्यो उनीहरूलाई।

समाजमा पर्ने प्रभाव र नयाँ पुस्ताको नैतिक संकट

सामाजिक सञ्जालमा देखिने ब्रान्डेड जीवनशैली, महँगा गाडी र विदेश यात्राको प्रदर्शनले नयाँ पुस्तालाई ‘सजिलो बाटो’ तर्फ तान्दैछ। मेहनतभन्दा छोटो बाटो रोज्ने यो प्रवृत्तिले समाजको नैतिक जग कमजोर पारिरहेको छ।

विदेशमा रहेका संघ–संस्था तथा नेपाली समुदायले पनि ठगी प्रवृत्ति भएका व्यक्तिहरूमाथि आवश्यक कानुनी, नैतिक र सामाजिक कारबाही गर्न आवश्यक छ। यस्ता व्यक्तिहरूलाई सामाजिक रूपमा प्रश्रय नदिने र आवश्यक परे सामाजिक बहिष्कारसमेत गर्ने वातावरण बनेमा ठगी गर्ने प्रवृत्तिमा कमी आउन सक्छ।

चाहे त्यस्ता व्यक्ति कुनै सामाजिक अभियन्ताका आफन्त, नातेदार वा संस्थाका सदस्य नै किन नहून्, गलत कार्यलाई संरक्षण वा ढाकछोप गर्नु हुँदैन। व्यक्तिको सम्बन्ध, पहुँच वा हैसियतभन्दा माथि नैतिकता, मानवता, जवाफदेहिता र न्यायलाई प्राथमिकता दिनुपर्छ।

त्यसैगरी, ठगी, यौन शोषण, हनी ट्र्याप लगायतका गैरकानुनी तथा अनैतिक गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध सम्बन्धित निकायमा तथ्य र प्रमाणका आधारमा उजुरी दिनु आवश्यक छ। आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन तथा सम्बन्धित देशको कानुनअनुसार कारबाही हुन सहयोग गर्नु पनि समुदायको दायित्व हो। मानवता, नैतिकता र पीडितहरूको हितका लागि यस्ता गतिविधिलाई बेवास्ता गर्नुको सट्टा जिम्मेवार ढंगले सम्बन्धित निकायसमक्ष जानकारी पुर्‍याउन पहल गरिनुपर्छ।

यसले सोझा–साझा नेपालीहरूलाई भविष्यमा यस्ता गतिविधिको सिकार हुनबाट जोगाउन मद्दत पुर्‍याउनेछ। त्यसैले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नु, पीडितहरूको कुरा निष्पक्ष रूपमा सुन्नु र गलत कार्यलाई प्रोत्साहन नदिनु अत्यन्त आवश्यक छ।

समग्र प्रभावहरू :

  • नेपाली प्रवासी समुदायको सामूहिक इज्जत र छविमा धक्का।
  • असाइलम प्रणालीको दुरुपयोगले वास्तविक पीडितहरूको विश्वसनीयता घट्दै गएको।
  • हनी ट्र्याप र यौन शोषणले पीडितहरूको मानसिक स्वास्थ्यमा दीर्घकालीन क्षति।
  • नयाँ पुस्तामा छोटो बाटोको आकर्षण र नैतिक मूल्यको ह्रास।

निष्कर्ष

यो कथा एउटा व्यक्तिको मात्र होइन — यो नेपाली प्रवासी समुदायमा चिलाउँदै गएको एउटा सामाजिक घाउको प्रतीक हो। असाइलम प्रणालीको दुरुपयोग, हनी ट्र्याप जालो र युरोपमा शरणको आडमा हुने शोषणले नेपाली प्रवासीहरूको इमान र सामूहिक छविलाई धक्का पुर्याउँछ।

असाइलम कानुन वास्तविक पीडितहरूका लागि हो — ठगहरूको सुरक्षाकवच होइन। सामाजिक जागरण, पारदर्शी जाँच र अन्तर्राष्ट्रिय कानुनी सहकार्यबिना यस्ता अपराधहरू दबाउन सम्भव छैन।

आवश्यक कदमहरू :

  • अन्तर्राष्ट्रिय स्तरमा नेपाल र युरोपेली देशहरूबीच कानुनी सहकार्य बढाउनु पर्छ।
  • नेपाली समुदायका संस्थाहरूले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ।
  • पीडितहरूका लागि गोपनीय उजुरी दिन सकिने व्यवस्था हुनुपर्छ।
  • युवा पुस्तालाई नैतिक शिक्षा र दीर्घकालीन मूल्यको बारेमा जागरुक बनाउनु पर्छ।
  • असाइलम आवेदनमा थप प्रमाणको खोजी र कडाइ आवश्यक छ।

सबै नामहरू परिवर्तन गरिएका छन्। यो प्रतिवेदन सार्वजनिक हितमा अनुसन्धानात्मक पत्रकारिताको उद्देश्यले लेखिएको हो।

Notice: The image used in this article is generated by Artificial Intelligence (AI) and is for illustration purposes only.

FakeAsylum #FakeRefugee #StopFakeAsylum #ReportFakeAsylum

AsylumFraud #ProtectRealRefugees #EndMassMigration

OQTF #FauxRefugiés #FauxAsile #AsileBidon #FraudeAsile

LoiImmigration #ImmigrationFrance #RefugieEconomique

IllegalImmigration #BorderControl #Deportation #EUWakeUp

NepaliFakeAsylum #NepaliInFrance #NepalFrance #NepaliDiaspora

DeportedNepali #NepaliInEurope #HumanTrafficking

झूटाशरणार्थी #फ्रान्समानेपाली #मानवतस्करी #अवैधआप्रवासन 🇳🇵 🇫🇷

[embed]


메타데이터
post_id
ea6463d7bca2
slug
from-nepal-to-paris-the-asylum-factory-honey-traps-and-a-crime-ring-three-generations-in-the-ea6463d7bca2
url
https://medium.com/@fakeasylumcomplain/from-nepal-to-paris-the-asylum-factory-honey-traps-and-a-crime-ring-three-generations-in-the-ea6463d7bca2
canonical_url
https://medium.com/@fakeasylumcomplain/from-nepal-to-paris-the-asylum-factory-honey-traps-and-a-crime-ring-three-generations-in-the-ea6463d7bca2
author_url
https://medium.com/@fakeasylumcomplain
status
ok
fetched_at
2026-07-13 06:23:13